Logo

गायक शक्ति चन्दले ल्याए ‘देउसी भैलो’ (भिडियो)



Spread the love

३ कार्तिक, काठमाडाैँ । गायक शक्ति चन्दले ‘देउसी भैलो’ सार्वजनिक गरेका छन् । नेपालीहरूको दोश्रो ठूलो चाँड तिहार नजिकिएसँगै उनले उक्त गीत सार्वजनिक गरेका हुन् ।

गीतमा शक्ति चन्दको स्वर रहेको छ भने रमश गिरीले शब्द रचना गरेका छन् । त्यस्तै, मारूनी डिजिटल स्टुडियोमा रेकर्ड गरिएको गीतको सम्पादन कृष्ण भान्जाले गरेका छन् ।

गीतको भिडियोमा टिका सानु, अर्जुन खड्का, मानसिंह खड्का, शान्ता बस्नेत, सरद एलजी र बसन्ती ओली लगायतको अभिनय तथा नृत्य रहेको छ ।

मानसिंह खड्काको निर्देशनमा बनेको भिडियोको छायाँकन प्रकाश खड्काले गरेका हुन् भने सम्पादन अभिनास डिसीले गरेका छन् ।

यो गीतको भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया दिनुहोस्