Logo

आजबाट देशभरको मौसममा सुधार



Spread the love

४ कात्तिक, काठमाडौँ । नेपालमा पानी पार्ने प्रणाली बाहिरिएसँगै देशभरको मौसममा सुधार आएको छ। अबको चारपाँच दिनयता अर्को प्रणाली विकसित हुने नदेखिएको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।

न्यून चापीय प्रणाली र पश्चिमी वायु प्रणालीको संयुक्त प्रभावले असोज ३१ देखि कात्तिक ३ गतेसम्म नै भारी वर्षा गराएको थियो।

हाल उक्त प्रणाली बाहिरिए पनि सामान्य प्रभाव भने नेपालमा रहेको र त्यसले ठूलो प्रभाव भने नगर्ने महाशाखाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्