Logo

हुम्लाको तुम्लिङमा फसेका चार विदेशी नागरिकको उद्धार



Spread the love
फाइल तस्बिर

४ कात्तिक, हुम्ला। हुम्लाको नाम्खा गाउँपालिका–६, लिमीकोे तुम्लिङमा फसेका चार विदेशी नागरिकको उद्धार गरिएको छ । बिहीबार स्लोभेनियाका चार नागरिकलाई ट्रेकिङ एजेन्सीको सहयोगमा हेलिकोप्टरमार्फत उद्धार गरिएको हो ।

अरू आठजनाको उद्धार हुनेक्रम जारी रहेको जिल्ला प्रशासन कार्यालय हुम्लाले जनाएको छ।

आइतबारदेखिको हिमपातका कारण स्लोभेनियाका चार नागरिक, तीन पथप्रदर्शक र पाँच स्थानीय लिमी क्षेत्रको तुम्लिङमा फसेका छन् । त्यस क्षेत्रमा तीन फिटसम्म हिउँ परेकाले उनीहरू रोकिएका थिए ।

प्रतिक्रिया दिनुहोस्