Logo

टी–ट्वान्टी विश्वकप – ओमानलाई हराउँदै स्कटल्याण्ड पुग्यो सुपर १२ मा



Spread the love

एजेन्सी । टी–ट्वान्टी विश्वकप क्रिकेटको सुपर १२ मा स्कटल्याण्ड प्रवेश गरेको छ । बिहीबार राति भएको समूह ‘बी’ को खेलमा ओमानलाई ८ विकेटले हराउँदै स्कटल्याण्ड पहिलो पटक टी-२० विश्वकपको सुपर १२ मा पुगेको हो ।

ओमानले दिएको १ सय २३ रनको लक्ष्य स्कटल्याण्डले १७ ओभरमा मात्र २ विकेटको नोक्सानीमा भेटायो। स्कटल्याण्डको जितमा कप्तान केली कोयट्जरले ४१ रन जोड्दा म्याथ्यु क्रसले अविजित २६ रन तथा रिची बेरिङ्टनले अविजित ३७ रन बनाए।

जर्ज मुन्सेले २० रनमा आउट भए। ओमानका खावर अली र फायज बुटले समान १/१ विकेट लिए।

यसअघि टस जितेर पहिले ब्याटिङ थालेको ओमानले २० ओभरमा अलआउट हुँदै १ सय २२ रन बनाएको थियो।

त्यस्तै, दुई खेल जितेको बंगलादेश समूह उपविजेता बन्दै सुपर १२ मा पुग्दा २ अंक मात्र जोडेको ओमान भने समूह चरणबाटै बाहिरियो ।सुपर १२ मा स्कटल्याण्ड ग्रुप २ मा परेको छ ।

प्रतिक्रिया दिनुहोस्