Logo

प्रहरी सङ्गठनभित्र कसैले कसैलाई ‘तँ’ नभन्न गृहमन्त्रीको निर्देशन



Spread the love

५ कात्तिक, काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागमा जुन सुकै तहका कर्मचारीलाई बोलाउँदा ‘सम्मानार्थी’ शब्द प्रयोग गर्न निर्देशन दिएका छन् । उनले तीनै सुरक्षा निकायलाई संगठनमा जनसुकै तहका कर्मचारीलाई बोलाउँदा पनि ‘सम्मानार्थी’ शव्द प्रयोग निर्देशन दिएका हुन् ।

कार्यक्रममा गृहसचिव टेकनारायण पाण्डे, सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल, नेपाल प्रहरीका एआइजीपी विश्वराज पोखरेल, गृह मन्त्रालयका कर्मचारी प्रशासन महाशाखा प्रमुख सहसचिव सुनिल खनाल सहभागी थिए ।

अहिले नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागले मुस्कानसहितको सेवा सञ्चालन गरिरहेका छन्। अब सम्मानसहितको सेवा सञ्चालन गर्नु पर्ने निर्देशन गृहमन्त्री खाणले दिए।

प्रतिक्रिया दिनुहोस्