Logo

रोगप्रतिरोधात्मक क्षमता बढाउन दिनहुँ खाने गर्नुहोस् ओट्स !



Spread the love

एजेन्सी । ओट्समा रोगप्रतिरोधात्मक क्षमता बढाउन आवश्यक एमिनो एसिड प्रशस्त मात्रामा पाइन्छ । खनिज तत्व, पोटासियम, कपर, म्याग्नेसियम, फस्फोरस, फलाम तत्व, जिंक र फाइबरलगायतका पौष्टिकतत्व पनि यसमा पाइन्छ ।

क्यालोरी अरू अन्नको तुलनामा ओट्समा क्यालोरी बढी पाइन्छ । चिसो मौसममा यो खान बढी उपयुक्त मानिन्छ । किनभने मानिसलाई अरुबेलामा भन्दा जाडो मौसममा बढी क्यालोरीको आवश्यक पर्छ ।

यसमा क्यालोरी, फ्याट, प्रोटिन, भिटामिन र मिनरल्स प्रशस्त मात्रामा पाइने भएकाले शरीरमा रोगप्रतिरोधात्मक क्षमता बढाउन पनि सघाउँछ
नियमित ओट्स खानुका फाइदाहरु यस्ता छन्
-कब्जियत, कोलेस्टेरोल, प्रेसर, थाइराइड, मुटुको रोग अव्यवस्थित पाचन प्रक्रियाका कारणबाट हुने भएकाले ओट्सको उपभोगले शरीरलाई फाइदा पुर्‍याउँछ ।
-ओट्समा प्रशस्त मात्रामा स्टार्च पाइन्छ ।यसले प्रेसर, सुगर घटाउन मद्दत गर्छ ।
-ओट्समा मिनेरल्स प्रशस्त पाइने भएकाले रक्तचाप व्यवस्थित गर्छ र मधुमेह बढ्न दिँदैन ।

प्रतिक्रिया दिनुहोस्