Logo

यती एयरलाइन्सले पायो अन्तर्राष्ट्रिय चार्टर अनुमति



Spread the love

५ कात्तिक, काठमाडौँ । अन्तर्राष्ट्रिय चार्टर उडानका लागि यती एयरलाइन्सले अनुमति (एओसी) पाएको छ। बिहीबार कम्पनीले नागरिक उड्डयन प्राधिकरणबाट अन्तर्राष्ट्रिय चार्टर उडानका लागि अनुमति पाएको हो।

यतीले १५ वर्ष अघि नै अन्तर्राष्ट्रिय उडानको अनुमति लिएको भएपनि पहिलोपटक मुलुक बाहिर चार्टर उडान गर्न लागेको हो।

अनुमति पाएलगत्तै कम्पनीले आफूसँग भएको ७२ सिट क्षमताको एटीआर-७२ सिरीजको जहाजमार्फत भारत, म्यानमार, बंगलादेश, भुटान र श्रीलंका, थाइल्याण्डलगायत दक्षिण एसियाका विभिन्न मुलुकमा चार्टर उडान गर्ने कम्पनीका उडान सुरक्षा प्रमुख एवं प्रवक्ता सुदर्शन बर्तौलाले बताए।

प्रतिक्रिया दिनुहोस्