Logo

आयुर्वेद चिकित्सक डा शेषराज आचार्यको निधन



Spread the love

६ कार्तिक, काठमाडाैँ । आयुर्वेद चिकित्सक तथा साहित्यकार डा शेषराज आचार्यको ७८ वर्षको उमेरमा कोरोनाका कारण निधन भएको छ । विसं २००० मा तनहुँमा जन्मिएका आचार्यले आयुर्वेदमा आचार्यसम्मको अध्ययन गरेका थिए । ४१ वर्ष नेपाल सरकारको सेवामा बिताएका उनि आयुर्वेदका विज्ञ थिए । उनले नरदेवी आयुर्वेद औषधालय र आयुर्वेद विभागमा निर्देशक पदमा रही कार्य गरेका थिए । यसैगरी सिंहदरबार वैद्यखाना विकास समितिका प्रबन्ध निर्देशकका रूपमा पनि उनले जिम्मेवारी निर्वाह गरेका थिए ।

कोरोना सङ्क्रमित भई त्रिवि शिक्षण अस्पतालमा उपचार गराइरहेका आचार्यको शुक्रबार दिउँसो देहावसान भएको उनका भाइ डा व्रतराज आचार्यले जानकारी दिए। स्वर्गीय आचार्यका श्रीमती डा कादम्बरी आचार्य, चार छोरा र दुई छोरी छन् ।

उनको शुक्रबार साँझ पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ । उनि आहिताग्नी दीक्षित तीर्थराज र विष्णुमायाका सुपुत्र थिए । जीवनको उत्तराद्र्धमा काव्यसाधनामा तल्लीन रमाउने गर्थे । उनका हिम हिमा खण्डकाव्य, शब्द तरङ्गिणी र अतीतका स्मृतिहरू कविता सङ्ग्रह तथा सचित्र जडीबुटी सङ्ग्रह प्रकाशित छन् ।

प्रतिक्रिया दिनुहोस्