Logo

‘जनताको अकाङ्क्षा कांग्रेसले पूरा गर्छ’



Spread the love

७ कार्तिक, काठमाडाैँ । परराष्ट्रमन्त्री डा नारायण खड्काले जनताको अकाङ्क्षा नेपाली कांग्रेस पार्टीले मात्र पूरा गर्नसक्ने दाबी गरेका छन् । कांग्रेस सुनसरी बराहक्षेत्र नगरपालिका–१ ले आज चतरामा आयोजना गरेको कार्यकर्ता भेटघाटमा मन्त्री खड्काले भने, “अब जनताको अकाङ्क्षा पूरा गर्नका लागि कांग्रेस आवश्यक छ ।”

केन्द्रमा जुन गुट भए पनि त्यसको छायाँ पर्न दिन नहुनेमा जोड दिँदै उनले विभाजित भयो भने आउने निर्वाचनमा कांग्रेसले हारको सामना गर्नुपर्नेतर्फ सचेत गराए । आउने निर्वाचनमा कांग्रेस जिते मात्र देश र जनताले जित्ने भन्दै कांग्रेसलाई जिताउन सबैलाई मन्त्री खड्काले आग्रहसमेत गरे ।

प्रतिक्रिया दिनुहोस्