Logo

गुडिरहेको यात्रुबाहक बसमा आगलागी



Spread the love

७ कार्तिक, धादिङ । धादिङमा गुडिरहेको बसमा आगलागी भएको छ । सुर्खेतबाट काठमाडौं आइरहेको ना६प १४७१ नम्बरको बसमा आइतबार राति २ बजे गजुरीमा आगलागी भएको धादिङ प्रहरीले जानकारी दिएको छ ।

प्रहरीले दिएको जानकारी अनुसार आगलागीबाट बसको अधिकांश भाग जलेको छ । इलेक्ट्रिक सर्ट भएर बसमा आगलागी भएको हुनसक्ने अनुमान गरिएको छ ।

आगलागीबाट कुनै मानवीय क्षति भने नभएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्