Logo

टी–ट्वान्टी विश्वकप – पाकिस्तान भर्सेस भारत, इतिहास बदल्ने दाउमा पाकिस्तान



Spread the love

एजेन्सी। आइसिसी टि- २० विश्वकप अन्तर्गत आइतबार सुपर १२ का २ खेल हुँदैछन् । समूह ‘२’अन्तर्गतको खेलमा विश्व क्रिकेटका दुई ठूला प्रतिस्पर्धी भारत र पाकिस्तान भिड्दै छन् । दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपाली समय अनुसार राति पौने ८ बजे बाट खेल सुरु हुनेछ ।

विश्वकप क्रिकेटको इतिहासमा पाकिस्तान बलियो टोली हो । सन् २००९ मा टी–ट्वान्टी विश्वकप क्रिकेटको उपाधि जितिसकेको पाकिस्तानले त्यसयता उपाधि जित्न सकेको छैन् । तर पनि प्रदर्शनका हिसाबले पाकिस्तान बलियो टोली हो ।

विराटले भारत तथा बाबरले पाकिस्तानको नेतृत्व सम्हाल्नेछन् । दुई उत्कृष्ट टोलीबीचको प्रतिस्पर्धा निकै रोमान्चक हुने अनुमान लगाउन सकिन्छ ।

टि- २० विश्वकपको इतिहासलाई हेर्ने हो भने भारत नै बलियो देखिन्छ । यसअघिका पाँचै भेटमा भारत विजयी भएको छ ।

प्रतिक्रिया दिनुहोस्