Logo

के तपाई मोमो धेरै खानुहुन्छ ? निम्त्याउन सक्छ यस्ता रोग



Spread the love

काठमाडौँ । आजभोलि शहरी क्षेत्र मात्र नभएर गाउँमा बसोबास गर्ने सबैको रोजाइमा मम पर्नै गर्छ । तर स्वास्थ्यको हिसाबले मम गतिलो कुरा हैन ।हामी सबै मोमोलाई माया गर्छौं, तर के तपाइँलाई थाहा छ कि मोमो हाम्रो स्वास्थ्यको लागी हानिकारक छ । चिकित्सकहरु भन्छन्, ‘मम धेरै खायो भने रक्त’चापको समस्या हुनसक्छ ।’

तनावपूर्ण जीवनशैली, अनियमित खानपान, फल र तरकारीको साटो मम जस्ता फास्टफूडको सेवन, चिल्लो रनूनिलो खानेकुरा खाने बानी, निष्क्रिय जीवनशैलीका कारण रक्तचापको समस्या बढिरहेको छ । रक्तचाप सन्तुलनमा राख्नका लागि मम लगायतका खानेकुरा कहिलेकाहीँ मात्र खाने गर्नुपर्छ ।

उच्च रक्तचाप आफैंमा एक रोग हो अनि यसले शरीरका अन्य अंगलाई पनि नराम्रो प्रभाव पार्छ । मुटु, कलेजो र मिर्गौलालाई यसले घात गर्छ । आँखालाई पनि यसले हानि गर्छ । उच्च रक्तचापका कारण दिमागका नसाहरू फाट्ने सम्भावना हुन्छ ।

प्रतिक्रिया दिनुहोस्