Logo

विमल घर्तीमगरले मच्छिन्द्रबाट ‘ए’ डिभिजन लिग खेल्ने



Spread the love

७ कात्तिक, काठमाडौँ । फरवार्ड विमल घर्तीमगरले मच्छिन्द्र क्लबबाट सहिद स्मारक ‘ए’ डिभिजन लिग खेल्ने भएका छन् । विमलले आइतबार क्लबसँग एक वर्षका लागि सम्झौता नवीकरण गरेको मच्छिन्द्र क्लबले जनाएको छ ।

कात्तिक २९ गतेबाट सुरु हुने ए डिभिजन लिगमा मछिन्द्रबाट खेल्दै लामो समययता मैदान बाहिर रहेका बिमलले मैदानमा पुनरागमन गर्न लागेका हुन्।

गत सिजन पनि विमलले लिगको अन्तिम खेल खेलेका थिए । कतारमा फिफा विश्वकप छनोट प्रतियोगिता खेल्नका लागि प्रशिक्षण गर्ने क्रममा विमल गत पुस पहिलो साता घाइते भएका थिए ।

प्रतिक्रिया दिनुहोस्