Logo

अमेरिकाले दिएको १ लाख फाइजर खोप आइपुग्यो नेपाल



Spread the love

८ कात्तिक, काठमाडौं । अमेरिकाले दिएको १ लाख फाइजर खोप नेपाल आइपुगेको छ । नेपालस्थित अमेरिकी दुतावासका अनुसार अमेरिकाले कोभ्याक्ससुविधा माफर्त नेपाललाई १ लाख ६२० डोज अनुदानमा दिएको हो ।

विहान ९ बजे कतार एयरको नियमित उडानबाट खोप काठमाडौं ल्याइएको हो । खोप टेकुस्थित आपूर्ति शाखामा भण्डारणका लागि राखिने जनाइएको छ । यसअघि १५ लाख डोज जोनसन एण्ड जोनसन खोप अमेरिकाले नेपाललाई अनुदानमा दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्