Logo

एसियन कप छनोट – नेपाल भर्सेस इरान, सुखद सुरुवात गर्ने दाउमा नेपाल



Spread the love

८ कात्तिक, काठमाडौँ। यू २३ एएफसी एसियन कप छनोटमा नेपालले आज इरानसँग प्रतिस्पर्धा गर्दैछ। खेल ताजिकिस्तानको रिपब्लिकन सेन्ट्रल स्टेडियममा पौने ५ बजेबाट सुरु हुनेछ ।

नेपाल आज सुखद सुरुवात गर्न चाहन्छ । तर, बलियो टोलि इरानलाई हराउन त्यति सजिलो भने छैन । नेपाली टिमका मुख्य प्रशिक्षक बाल गोपाल महर्जनले छनोटमा राम्रो नतिजा निकाल्न तयार रहेको बताएका छन् ।

नेपालले दोस्रो खेलमा ताजिकिस्तानसँग आउँदो बिहीवार खेल्ने छ ।

प्रतिक्रिया दिनुहोस्