Logo

प्रधानन्यायाधीश जबराले पेशी तोकेपछि सर्वोच्चका न्यायाधीशहरु जुटे छलफलमा



Spread the love

८ कात्तिक, काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको कदमलाई लिएर असन्तुष्ट बनेका सर्वोच्च अदालतका न्यायाधीशहरु बैठक बस्दैछन्। आज प्रधानन्यायधीश जबराले बोलाएको फुलकोर्ट बहिष्कार गर्ने घोषणा गरेका न्यायाधीशहरु थप निर्णयका लागि छलफलमा जुटेका हुन्।

सर्वोच्चका १४ न्यायाधीशले आइतबार प्रधानन्यायाधीशले बोलाएको फुल कोर्ट बहिष्कार गर्ने बताएका थिए। यस्तै उनीहरुले प्रधानन्यायाधीश राणाले तोकेको पेशीअनुसारको इजलासमा पनि नबस्ने संकेत गरेका थिए।

प्रधानन्यायाधीश जबराले एजेण्डामा छलफल नै नगरी नेपाल बार एसोसियसनका पदाधिकारीलाई आमन्त्रण गरेर बैठक बोलाएपछि उनीहरु असन्तुष्ट बनेका हुन्।

प्रतिक्रिया दिनुहोस्