Logo

सुडानका सेनाले गर्‍यो प्रधानमन्त्री अब्दल्लालाई घरैमा नजरबन्द



Spread the love

एजेन्सी । सुडानमा सेनाले प्रधानमन्त्री अब्दल्ला हम्दोकलाई घरैमा नजरबन्द गरेका छन् । सोमवार सैनिक बलले प्रधानमन्त्रीको घर कब्जामा लिएर उनलाई घरैमा नजरबन्द गरेको हो ।

उद्योगमन्त्री इब्राहिम अल–शेख र सुडानको राजधानी खार्तुमका गभर्नर आयमान खालिदलाई पनि हिरासतमा लिइएको बताइएको छ ।

गत महिना कूको प्रयास विफल भएपछि सैन्य तथा नागरिक समूहहरूका बीचको तिक्तता बढेको छ ।

प्रतिक्रिया दिनुहोस्