Logo

प्रतिनिधिसभाको उपनिर्वाचन हुने, चैत ५ गते अगावै गर्न सरकारलाई सुझाव



Spread the love

८ कात्तिक, काठमाडौँ । आगामी चैत ५ गतेभित्र निर्वाचन आयोगले स्थानीय तहको चुनाव गर्न सरकारसँग सिफारिस गरेको छ । सोमबार प्रधानमन्त्री शेरबहादुर देउवासँगको छलफलका क्रममा आयोगले चैत ५ भित्र स्थानीय तहको निर्वाचन गर्न सिफारिस गरेको हो ।

राष्ट्रियसभाका एक तिहाइ अर्थात् १९ जना सांसदको कार्यकाल आउँदो फागुन २१ बाट सकिने हुँदा उक्त स्थानमा ३५ दिन अगावै चुनाव गर्नेपर्ने र त्यसका लागि मिति घोषणा गरिदिन आयोगले आग्रह गरेको छ।

त्यस्तै आयोगले प्रतिनिधिसभाका रिक्त ४ र प्रदेश सभामा रिक्त १८ सांसदको उपचुनावबारे पनि सरकारको ध्यानाकर्षण गराएको छ। कार्यकाल सकिन ६ महिना भन्दा बढी समय बाँकी रहेको अवस्था उपचुनाव गर्नुपर्ने हुन्छ।

प्रधानमन्त्री देउवासँगको छलफलमा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, कानुनमन्त्री दिलेन्द्रप्रसाद बडू, उर्जा पम्फा भुसाल र आयोगका पदाधिकारीहरु सहभागी थिए।

प्रतिक्रिया दिनुहोस्