Logo

विश्वकप – दक्षिण अफ्रिकाले वेस्टइन्डिजसँग भिड्दा पाकिस्तान र न्युजिल्याण्ड आमनेसामने हुने



Spread the love

एजेन्सी । आईसीसी टी–२० विश्वकप क्रिकेटमा दुई खेल हुँदैछ। सुपर १२ को समूह चरणको खेल अन्तर्गत आज दिउँसो पौने ४ बजे दक्षिण अफ्रिका र वेस्टइन्डिज प्रतिस्पर्धा गर्दैछ।

यी दुवै टिम आफ्नो पहिलो खेलमा पराजित रहेका थिए । सेमिफाइनल यात्रा कायमै राख्न दुवै टिम पहिलो जीतको खोजिमा हुने छन् ।

यस्तै, आजै राति पौने ८ बजे पाकिस्तान र न्युजिल्याण्ड भिड्दैछ ।

पाकिस्तान पहिलो खेलमा भारतमाथि ऐतिहासिक जीत दर्ता गरेकाले उच्च मनोबलका साथ मैदान उत्रदा न्युजिल्याण्ड भने पहिलो खेल खेल्दै छ ।

प्रतिक्रिया दिनुहोस्