Logo

ड्राइभिङ लाइसेन्सको आवेदन खुल्यो, यसरी दिन सकिन्छ आवेदन



Spread the love

९ कात्तिक, काठमाडौं । नयाँ सवारी चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स)को आवेदन खुलेको छ । यातायात व्यवस्था विभागले ६ महिनापछि आवेदन प्रणाली सोमबार रातिबाट खुलाएको हो ।

सोमबार रातिबाट आवेदन प्रणाली खुला भएको र अब नियमित रुपमा फारम भर्न सकिने विभागले जनाएको छ। विभागले लाइसेन्सको आवेदन अनलाइनमार्फत दिन सकिने व्यवस्था गरेको छ । यसका लागि विभागको वेबसाइटमा गएर फाराम भर्नुपर्छ ।

गत वैशाख १६ गतेदेखि महामारीको कारण देखाउँदै आवेदन बन्द गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्