Logo

यसरी रहनुहोस् सधैँ स्वस्थ्य



Spread the love

आजभोलि हृदयाघात,मस्तिष्कघात, किड्नी फेलरजस्ता तुरुन्तै ज्यान जाने वा सधैको लागि अशक्त बनाउने रोग युवाहरुको लागि चुनौतिको बिषय बनेको छ । यस्तो खतराबाट बच्न आफु जहाँ भएपनि, खर्च भएपनि तथा टाढा जानु परेपनि स्वास्थ्य परीक्षण, स्वस्थ जीवनशैली र उपचार गर्न ढिलो नगर्नुहोला ।

आजको दिनमा स्वास्थ्यप्रति वेपर्वाह भइदिदा, व्यायाम गर्ने, सन्तुलित खानपान नगर्ने बानीले भोलिका दिनमा स्वास्थ्य समस्या निम्त्याउँछ । जब परिवारका कुनै सदस्य रोगी हुन्छन्, थाला पर्छन्, सम्पूर्ण परिवारको लय विथोलिन्छ । खुसी विथोलिन्छ । परिवार ऋणात्मक अवस्थामा पुग्छन् ।यसरी रहनुहोस् सधैँ स्वस्थ्य
-तनावमुक्त रहनुहोस्
तनवाको सम्बन्ध सोझै हाम्रो शरीरसँग जोडिएको हुन्छ । तनावले हृदयरोग जस्ता दीर्घ समस्याहरुको जन्म दिन्छ । रोगमुक्त र तन्दुरुस्त जीवनका लागि तनावरहित रहनु जरुरी छ ।
-कम खाना खानुहोस्
यस्तो होइन कितपाईंले सधै कम खाना खानुपर्छ । तर, जब जबभोक लाग्छ, तब पेट चर्कने गरी नखानुहोस् । पेट भर्नेभन्दा केही कम खानुहोस् ।
-सधै सक्रिय रहुनहोस्
लामो आयु र स्वस्थ जीवनका लागि आवश्यक छ कि तपाईं सधै सक्रिय रहनुपर्छ । शारीरिक रुपमा केही न केही गतिविधि गरिरहेको हुनुपर्छ । जस्तो घरायसी कामकाज गरेर होस् वा बगैंचाको, खेतीबली गरेर होस् वाव्यायाम गरेर तपाईंको शरीर चलयामान हुनुपर्छ ।

प्रतिक्रिया दिनुहोस्