Logo

१० खर्ब डलर सम्पत्तिका मालिक बन्दै एलन मस्क



Spread the love

एजेन्सी । एलन मस्क विश्वका सबैभन्दा धनी व्यक्तिको सूचीमा पहिलो नम्बरमा छन् । टेस्ला तथा स्पेस एक्स कम्पनीका संस्थापक र सीईओसमेत रहेका मस्कको हालको सम्पत्ति दुई खर्ब ४१ अर्ब छ ।

मस्कको हालको झण्डै अढाइ खर्बको सम्पत्तिमध्ये अधिकांश हिस्सा विद्युतीय कार निर्माता कम्पनी टेस्लाबाट आर्जन गरेका हुन् । बेलायतस्थित एक इन्भेस्टमेन्ट बैंकले एलन मस्क १० खर्ब डलर सम्पत्ति भएको विश्वको पहिलो व्यक्ति बन्ने प्रक्षेपण गरेको छ ।

केही समय दोश्रो स्थानमा खस्किएका मस्कले पछि पुनः पहिलो स्थानमा उक्लिँदै हाल दोश्रो स्थानका जेफ बेजोसभन्दा निकै अगाडि पुगिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्