Logo

टी–ट्वान्टी विश्वकप – लयमा पाकिस्तान, दक्षिण अफ्रिकाले साविक विजेता वेस्ट इन्डिजलाई हरायो



Spread the love

एजेन्सी । आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटमा पाकिस्तानले लगातार दोस्रो जित हात पारेको छ । यूएईको सारजाहमा गएराति भएको खेलमा पाकिस्तानले न्युजिल्याण्डलाई ५ विकेटले हराएको हो ।

न्युजिल्याण्डले दिएको १ सय ३५ रनको लक्ष्य पाकिस्तानले १८ ओभर ४ बलमा ५ विकेटको नोक्सानीमा पुरा गर्यो। पाकिस्तानको जितमा मोहमद रिजवानले ३३, आसिफ अलीले २७, शोयब मलिकले २६ रनको योगदान दिए।

न्युजिल्याण्डका लागि इश सोधीले २ तथा मिचेल स्टानर, टिम साउथी र ट्रेन्ट बोल्टकोे नाममा समान १/१ विकेट रह्यो।

यस अघि पहिले ब्याटिङ थालेको न्युजिल्याण्डले २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ३४ रन बनाएको थियो । जितसँगै २ खेलमा ४ अंक जोडेको पाकिस्तान समूह २ को शीर्ष स्थानमा छ ।

हिजै भएको अर्को खेलमा दक्षिण अफ्रिकाले साविक विजेता वेस्ट इन्डिजलाई ८ विकेटले हराएको थियो ।

प्रतिक्रिया दिनुहोस्