Logo

आर्थिक अभावका कारण उपचारबाट बञ्चित हुँदै गुल्मीकी कमला, सहयोग गरिदन परिवारको अपिल



Spread the love

११ कार्तिक, गुल्मी । आर्थिक अभावका कारण गुल्मीकी कमला विक उपचारबाट वञ्चित हुने अवस्थामा पुगेकी छन् । जिल्लाको मालिका गाउँपालिका ८ की ४१ वर्षीया विक ढाडमा समस्या देखिएको छ । अहिलृे जसोतसो उपचार गराइरहेकी उनको आर्थिक अभावका कारण उपचार असम्भव बन्दै गएको हो ।

लामो समयदेखि ढाडको समस्याबाट ग्रसित भएकी विकको भैरहवा मेडिकल कलेजमा उपचार हुन नसके पछि काठमाडौं पुर्याउँन बाध्य भएको परिवारजनले बताएका छन् ।


२० दिनसम्म भैरहवामा उपचार गराउँदा ४ लाख खर्च भएको र अब काठमाडौ उपचार गराउँदा थप ५ लाख लाग्ने अस्पताललाई उदृत गर्दै उनका भाई विक्रम विकले बताए । उनले भने “दिदिको ढाडमा प्वाल परेका छन्, उपचार गर्न धेरै खर्च लाग्ने हुँदा धनराशि जुटाउने सामर्थ्य हामीसँग छैन ।”


आर्थिक अवस्था कमजोर भएका कारण सबैलाई आर्थिक सहयोग गरिदिन परिवारले अपिल समेत गरेको छ । विकका तीन छोरा र एक छोरी गरि चार सन्तान रहेका छन् ।

खड्का सल्लेरी खबरका लुम्बिनी प्रदेश सम्बाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्