Logo

बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री पाण्डेले लिए सपथ



Spread the love

११ कार्तिक, काठमाडाैँ । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले पद तथा गोपनीयताको शपथ लिएका छन् । नवनियुक्त मुख्यमन्त्री पाण्डेले बिहीबार साँढे ३ बजे प्रदेश प्रमुख यादवचन्द्र शर्मा समक्ष सपथ ग्रहण गरेका हुन् ।

मुख्यमन्त्री पाण्डेसँगै काँग्रेसबाट कृष्णलाल भँडेल, माओवाद केन्द्रबाट कुमारी मोक्तान र एकीकृत समाजवादीबाट कृष्णप्रसाद शर्माले पनि मन्त्रिको सपथ लिएका छन् ।

यसभन्दा अघि नेकपा एमालेबाट मुख्यमन्त्री बनेकी अष्टलक्ष्मी शाक्यले बुधबार पदबाट राजीनामा दिएपछि प्रदेश प्रमुख शर्माले बुधबार नै सरकार गठनका लागि आह्वान गरेका थिए ।

सोही अनुसार ५९ जना सांसदको समर्थन सहित पाण्डेले मुख्यमन्त्रीमा दावी पेश गरेका थिए ।

बागमती प्रदेशमा मोक्तानलाई सामाजिक विकास, खनाललाई आर्थिक मामिला तथा योजना र भडेललाई भौतिक पूर्वाधार मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्