Logo

इटालियन सिरी ए – बोलोग्नालाई हराउँदै नापोली उक्लियो शीर्षस्थानमा



Spread the love

एजेन्सी । इटालियन सिरी ए फुटबलमा बोलोग्नालाई पराजित गर्दै नापोली शीर्षस्थानमा उक्लिएको छ । विहीबार राति बोलोग्नालाई ३–० गोल अन्तरले हराउँदै नापोली शीर्षस्थानमा उक्लिएको हो ।

घरेलु मैदानमा नापोलीका लागि फावियन पेनाले १८ औं मिनेटमा गोल गर्दै अग्रता दिलाए ।४१ औं मिनेटमा लोरेन्ज इसिग्नेले पेनाल्टीमा गोल गर्दै पहिलो हाफमा २ गोलको अग्रता दिलाएका थिए । दोस्रो हाफमा ६२ औं मिनेटमा इसिग्नेले पेनाल्टीमै व्यक्तिगत दोस्रो गोल गरेपछि नापोली ३–० गोल अन्तरले विजयी भयो ।

१० खेलबाट २८ अंक बनाएको नापोली र समान अकं भएको एसी मिलान क्रमश पहिलो र दोस्रो स्थानमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्