Logo

ला लिगा – लेभान्टेसँग बराबरीमा रोकियो मड्रिड



Spread the love

एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा एट्लेटिको मड्रिड बराबरीमा रोकिएको छ। बिहीबार राति भएको खेलमा एट्लेटिको लेभान्टेसँग २–२ गोलको बराबरीमा रोकिदै अंक बाँडेको हो।

खेलको १२ औं मिनेटमा एन्टोनियो ग्रिजम्यानले गोल गर्दै एट्लेटिकोलाई सुरुवाती अग्रता दिलाए। खेलको ३७ औं मिनेटमा इनिस बार्धीले पेनाल्टीमा गोल गर्दै लेभान्टेलाई बराबरीमा ल्याए। खेलको ७६ औं मिनेटमा माथिउस कुन्हाले गोल गर्दै एट्लेटिकोलाई २–१ को अग्रता दिलाए। खेलको ९० औं मिनेटमा इनिसले पेनाल्टीबाट व्यक्तिगत दोस्रो गोल गर्दै लेभान्टेलाई हारबाट जोगाए।

बराबरीसँगै एट्लेटिको १९ अंक जोडेर छैटौं स्थानमा रहेको छ भने लेभान्टे ६ अंकका साथ १९औं स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्