Logo

नेपाल बार एसोसिएसनमा एक अधिवक्ताले कुटे अर्काे अधिवक्तालाई



Spread the love

१२ कात्तिक, काठमाडौं। नेपाल बार एसोसिएसनमा कानुन व्यवसायीहरुबीच हातपात भएको छ । शुक्रबार नेपाल बार एसोसिएसनमा बैठक जारी रहँदा अधिवक्ता भूमिनन्द चुडालले विभिन्न सञ्चार माध्यमहरुलाई अन्तर्वार्ता दिँइरहँदा अर्का अधिवक्ता विराट न्यौपानेले उनीमाथि कुटपिट गरेका हुन्।

इजलास नचल्दा सेवाग्राही मर्कामा परेको भनेर अन्तर्वार्ता दिइरहेको बेलामा आफूमाथि न्यौपानेले कुटपिट गरेको उनको आरोप छ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध आन्दोलनका कार्यक्रम घोषणा गर्न बारको बैठक बसेको थियो।

प्रतिक्रिया दिनुहोस्