Logo

नेपाल १० उत्कृष्ट पर्यटकीय गन्तव्यको सूचीमा



Spread the love

काठमाडौं । नेपाल आगामी वर्ष सन् २०२२ मा घुम्नैपर्ने १० उत्कृष्ट मुलुकको सूचीमा परेको छ । ट्राभल गाइडबुक लोन्ली प्लानेटले विश्वका उत्कृष्ट पर्यटकीय गन्तव्यहरुको सूचीमा नेपाललाई आठौँ स्थानमा राखेको हो।

पहिलो स्थानमा कूक आइल्यान्ड र दोस्रो नर्वे छन् । मौरिसस तेस्रो, बेलिज चौंथो, स्लोभानिया पाँचौ, एंगुउला छैटौं, ओमान सातौं, नेपाल आठौं, मालावी नवौं र इजिप्ट दसौं स्थानमा छन् ।

लोन्ली प्लानेटले हरेक वर्ष विश्वका पर्यटकीय गन्तव्यका बारेमा जानकारी दिन गर्छ। नेपाल उत्कृष्ट पर्यटकीय १० गन्तव्यको सूचीभित्र पर्नुले यहाँको पर्यटन क्षेत्रमा सकारात्मक प्रभाव पार्ने अनुमान गरिएको छ।

प्रतिक्रिया दिनुहोस्