Logo

अवरुद्ध रिडि-रुद्रवेणी सडक खण्ड खुलाउन बम ब्लास्टिङ गर्दै नेपाली सेना



Spread the love

१२ कार्तिक, गुल्मी । पटकपटक अवरुद्ध बन्दै आएको रिडि-रुद्रवेणी सडक खण्ड खुलाउन नेपाली सेनाले बम ब्लास्टिङ गर्ने भएको छ ।

पछिल्लो समय कार्तिक ३ गते देखि अवरुद्ध सडक बम बिष्फोट गराई खुलाउने तयारी भएको बताइएको छ । रुरु क्षेत्र गाउँपालिका-२ साँघुरेमा उक्त सडक पटकपटक अवरुद्ध हुँदै आएको छ । सडक खुलाउन धेरै प्रयास गरे पनि कुनै उपाय नलागेपछि बम विष्फोट गराउन लागिएको हो ।

कालिगण्डकी करिडाेर बाटाे निर्माण कार्यदल हर्मिचाैर र संग्राम शार्दुल गुल्मकाे संयुक्त टाेली उपसेनानी हिक्मत बहादुर चन्दकाे नेतृत्वमा साँघुरे तर्फ प्रस्थान गरेको छ ।

खड्का सल्लेरी खबरका लुम्बिनी प्रदेश सम्बाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्