Logo

४६ बर्षको उमेरमा साउथ स्टार पुनित कुमारको निधन



Spread the love

एजेन्सी । साउथ फिल्मका अभिनेता पुनित कुमारको हृदयाघातबाट निधन भएको छ । आज बिहान स्वास्थ्यमा अचानक समस्या आएपछि उनलाई बेग्लुरुको विक्रम अस्पतालमा भर्ना गरिएको थियो । अस्पतालमा भर्ना भएका पुनीतको निधन भएको हो।

पुनितका पिता राजकुमार साउथ इन्डियन सिनेमाका आइकन थिए । उनी कन्नड फिल्म इन्डष्टिका पहिलो अभिनेता थिए जसले दादासाहेब फाल्के अवार्ड पाएका थिए ।

उनको ४६ बर्षको उमेरमा निधन भएको भारतीय मिडियाले उल्लेख गरेका छन् । पुनीतले आफ्नो करिअरको सुरुवात बाल–कलाकारको रुपमा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्