Logo

ए डिभिजन लिग – उद्घाटन खेलमा सातदोबाटोले फ्रेण्ड्ससँग भिड्ने



Spread the love

१२ कात्तिक, काठमाडौं । शहीद स्मारक ‘ए’ डिभिजन लिगको उद्घाटन खेलमा फ्रेण्ड्सले सातदोबाटो युथ क्लबसँग भिड्दैछ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले शुक्रबार सार्वजनिक गरेको ‘ड्र’ अनुसार उद्घाटन खेलमा फ्रेण्ड्स र सातदोबाटो आमनेसामने हुने भएको हो।

कात्तिक २९ गते हुने लिगको पहिलो खेल दशरथ रंगशालामा साँझ ५ बजे हुने एन्फाले जनाएको छ । साविक विजेता मछिन्द्रले पहिलो खेलमा न्युरोड टिमसँग प्रतिस्पर्धा गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्