Logo

एमालेको १० औं महाधिवेशनमा १९९९ प्रतिनिधि सहभागी हुने



Spread the love

१२ कात्तिक, काठमाडौं। नेकपा (एमाले)ले १० औं राष्ट्रिय महाधिवेशनमा सहभागी हुने प्रतिनिधि संख्यामा १ हजार ९९९ बनाउने निर्णय गरेको छ । स्थायी कमिटीको बैठकले १ हजार ५३६ जना प्रतिनिधि हुने गरी प्रस्ताव गरेपनि केन्द्रीय कमिटीको बैठकले १ हजार ९९९ जना प्रतिनिधि हुने निर्णय गरेको हो।

केन्द्रीय कमिटी सदस्यहरुले स्थायी कमिटीले प्रस्ताव गरेको महाधिवेशन प्रतिनिधिको संख्या कम भएको भनेपछि बढाएर १ हजार ९९९ पुर्‍याउने निर्णय भएको प्रवक्ता प्रदीप ज्ञवालीले बताए।

एमालेले केन्द्रीय नेतृत्व छनोट गर्नका लागि आगामी मंसिर १० देखि १२ गतेसम्म चितवनमा राष्ट्रिय महाधिवेशन गर्दैछ ।

प्रतिक्रिया दिनुहोस्