Logo

राैतहटमा प्रहरी र जनमत पार्टीका कार्यकर्ताबिच झडप



Spread the love

१२ कार्तिक, राैतहट । राैतहटमा प्रहरी र जनमत पार्टीका कार्यकर्ताबिच झडप भएको छ । शुक्रबार राैतहटको सदरमुकाम गाैरमा प्रहरी र जनमत पार्टीका कार्यकर्ताबीच झडप भएको हो ।

झडपमा परी जनमत केही कार्यकर्ता घाइते भएको बताइएको छ ।

पूर्व निर्धारित कार्यक्रम अनुसार जनमत पार्टीका जिल्ला अध्यक्ष ललित मल्लिक सानुको नेतृत्वमा गएका कार्यकर्ताले गौर स्थित बिपी चौकमा मसाल जुलुस प्रदर्शन गर्न खोज्दा प्रहरीसँग झडप भएको थियो ।

पार्टी पक्षधरले शान्तिपूर्ण प्रदर्शन गर्दा लाठी चार्ज गरेको दाबी गरेको छ भने प्रहरीले नारा जुलुस लगाउँदै आएका जनमतका कार्यकर्ताले बिपी चौकमा पुगेर अराजक गतिविधि गर्न खोजेपछि सामान्य बल प्रयोग गरेको बताएको छ ।

प्रतिक्रिया दिनुहोस्