Logo

नदीमा डुबेर धनन्जय र अरबिन्द्रको मृत्यु



Spread the love

१४ कार्तिक, कैलाली । नदीमा डुबेर कैलालीमा दुई बालकको मृत्यु भएको छ ।

जिल्लाको काँडा नदीमा नुहाउने क्रममा डुबेर भजनी नगरपालिका–३ ढुसीका नरेन्द्र निसादका १३ वर्षीय छोरा धनन्जय निसाद र सोही ठाउँ बस्ने लायकराम चौधरीका १० वर्षीय छोरा अरबिन्द्र चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

स्थानीयले नदीमा नुहाउँने क्रममा डुबेर दुई बालकको मृत्यु भएको खबर गरेपछि इलाका प्रहरी कार्यालय भजनीको टोलीले स्थानीयको सहयोगमा उनीहरूलाई मृत अवस्थामा फेला पारेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्