Logo

चेल्सी, युनाइटेड र आर्सनल विजयी, बराबरीमा रोकियो लिभरपुल



Spread the love

एजेन्सी। म्यानचेस्टर युनाइटेडले गएराति इङ्लिस प्रिमियर लिगमा टोटनहममाथि ३–० सहज जित हात पारेको छ । अवे मैदानमा भएको खेलमा क्रिष्टियानो रोनाल्डोसहितको गोलमा म्यानचेस्टर युनाइटेडले टोटनह्यामलाई ३–० ले पराजित गरेको हो ।

युनाइटेडका लागि ३९ औँ मिनेटमा रोनाल्डो, ६४ औँ मिनेटमा एडिन्सन काभानी तथा ८६ औँ मिनेटमा मार्कस रासफोर्डले गोल गरेका हुन् ।

जितपछि १० खेलबाट १७ अंकसहित युनाइटेड पाँचौँ स्थानमा उक्लिएको छ ।

‘यस्तै, लिभरपुल गएराती ब्राइटनसँग २–२ को बराबरीमा रोकियो । लिभरपुलले घरेलु मैदानमा जोर्डन हेन्डरसनको पासबाट चौथो मिनेटमै अग्रता लिएको थियो । २४औं मिनेटमा सडियो मानेले लिभरपुलको अग्रता दोब्बर बनाए । ब्राइटनका इनोक मेपुले ४१औं मिनेटमा गोल फर्काए । ६५औं मिनेटमा लियोनार्दो ट्रोसार्डले बराबरी गोल फर्काए ।

लिभरपुल २४ खेलसम्म अपराजित छ । बराबरीपछि लिभरपुल २२ अंकका साथ दोस्रो स्थानमा छ ।

शनिबार राति भएका अरु खेलमा आर्सनलले लेस्टर सिटीलाई २–०, बर्नलीले ब्रेन्टफोर्डलाई ३–१, क्रिष्टल प्यालेसले म्यानेचस्टर सिटीलाई २–०, चेल्सीले न्यूक्यासललाई ३–० तथा साउथह्याम्पटनले वाट्फोर्डलाई १–० ले पराजित गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्