Logo

सर्वोच्च परिसरमै कालो र सेतोपट्टी बाँधेर कानुन व्यवसायीले गरे प्रदर्शन



Spread the love

१४ कात्तिक, काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाको राजीनामा माग्दै नेपाल बार एसोसिएसनले सर्वोच्च अदालत परिसरमा धर्ना दिएको छ । जबराको राजीनामा माग्दै नेपाल बारको अगुवाइमा कानून व्यवसायीहरुले कालोपट्टी मागेर प्रदर्शन गरिरहेको बेला एउटा समूहले हातमा सेतोपट्टी बाँधेर प्रदर्शन गरेको हो।

राणाले पदबाट राजीनामा दिनुपर्ने माग गर्दै विरोधका विभिन्न कार्यक्रम सार्वजनिक गरेको बारले सोही आन्दोलनको कार्यक्रमअन्तर्गत १० बजेबाट एक घण्टासम्म सर्वोच्च परिसरमा प्रदर्शन गरेको हो । बुधवारसम्ममा पनि प्रधानन्यायाधीशले राजीनामा नदिए देशव्यापी रूपमा थप आन्दोलन गर्ने बारको चेतावनी छ ।

सर्वोच्च अदालतका न्यायधीशहरूले प्रधानन्यायधीश जबराले मार्गप्रशस्त गर्नुपर्ने भन्दै अघोषित रूपमा केहि दिनदेखि इजलास बहिष्कार गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्