Logo

कार्यदल संयोजकबाट भीम रावलले दिए लिखित राजीनामा



Spread the love

१४ कात्तिक, काठमाडौँ। नेकपा एमालेका उपाध्यक्ष भीम रावलले १० बुँदे सहमति कार्यान्वयनका लागि बनाइएको कार्यदलबाट लिखित राजीनामा दिएका छन् ।

सहमति कार्यान्वयन गर्न अध्यक्ष केपी शर्मा ओलीले इच्छा नदेखाएको भन्दै कार्यदल संयोजकबाट राजीनामा दिएका हुन् । अध्यक्ष ओलीलाई सम्बोधन गर्दै उनले गत कात्तिक १० मै लिखित राजीनामा पेश गरेको बताएका छन्।

पार्टी एकता र अग्रगतिका लागि भएको १० बुँदे सहमति र त्यसको कार्यान्वयनमा स्वयं पार्टी अध्यक्षबाट नै अनिच्छा देखिने र बुझिने गरी सार्वजनिक रुपमा अभिव्यक्त भएकोले कार्यदलमा रहिरहनुको औचित्य नरहेको उनले उल्लेख गरे।

प्रतिक्रिया दिनुहोस्