Logo

स्थानियको आक्रोश – फाले मेयरकै घर अगाडि फोहोर



Spread the love

१४ कात्तिक, जनकपुरधाम । जनकपुरधाम उपमहानगरभित्रका विभिन्न वडामा थुपारिएको फोहोर व्यवस्थापनमा असहयोग गरेको भन्दै स्थानीय बासिन्दाले मेयरको घर अगाडि फोहोर फालेर विरोध गरेका छन्। आइतबार बिहानै स्थानीय बासिन्दा र जनप्रतिनिधिले मेयर लालकिशोर साहको घर अगाडि फोहोर फालेका हुन्।

तिहार नजिकिंदै गर्दा नगर क्षेत्रमा फोहर व्यवस्थापन गर्न पटक पटक आग्रह गर्दा सुनवाइ नभएपछि स्थानीय र जनप्रतिनिधले मेयर साहको घर अगाडि फोहोर फालेको बताएका छन्।

मेयरले वास्ता नगरेपछि बाध्य भएर स्थानीय बासिन्दासँगै आन्दोलनमा उत्रिएको जनकपुरधाम–७ का वडाध्यक्ष जानकीराम साहले बताए।

प्रतिक्रिया दिनुहोस्