Logo

ओलीका कारण एमाले र सरकार रहेन : नेता भण्डारी



Spread the love

१४ कार्तिक, गुल्मी । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डाक्टर चन्द्र भण्डारीले केपी ओलीका कारण एमाले फुटेको र नेकपाको सरकार ढलेको आरोप लगाएका छन् । आइतबार गृह जिल्ला गुल्मीमा भएको चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै नेता भण्डारीले यस्तो बताएका हुन् ।

ओलीको कन्जुसीपनले सरकार मात्रै नभएर पार्टी पनि फुटेको उनको दाबी थियो । केपी ओलीले महत्वाकाँक्षा राख्दा अहिलेको यो अवस्था सिर्जना भएको उल्लेख गरे ।

उनले कम्युनिस्टहरु मिल्न नसक्दा कांग्रेसलाई प्रधानमन्त्री पद त्यसै आइलागेको बताउँदै सबै दलका नेताको आग्रहमा शेर बहादुर देउवा प्रधानमन्त्री बनेको उनको तर्क थियो । जनताले कांग्रेसलाई प्रतिपक्षमा बस्न भने पनि केपीमा कारण देश बचाउन सत्ता समाल्नु परेको उनको दावी थियो ।

उनले फरक प्रसंगमा गुल्मीमा १४औं महाधिवेशनमा सबै मिलेर जानु पर्ने बताएका छन् । सबैलाई एउटै पद नपुग्ने बताउँदै कोही मेयर, कोही प्रदेश र कोही केन्द्र तीर जानुपर्ने उनको धारण थियो ।

खड्का सल्लेरी खबरका लुम्बिनी प्रदेश सम्बाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्