Logo

ला लिगा – रियल बेटिससँग एट्लेटिको मड्रिड विजयी



Spread the love

एजेन्सी । स्पेनिस ला लिगामा एट्लेटिको मड्रिडले रियल बेटिसलाई ३-० गोल अन्तरले पराजित गरेको छ। गएराति घरेलु वान्डा मेट्रोपोलिटानो रंगशालामा रियाल बेटिसमाथि मड्रिडले ३-० को जित हात पारेको हो ।

एट्लेटिकोलाई जित दिलाउन यान्निक कारास्को र जोआ फेलिक्सले एक/एक गोल गरेका थिए भने एक गोल आत्मघाती उपहार पाएको थियो।

जितसँगै एट्लेटिको ११ खेलबाट २२ अंकका साथ चौथो स्थानमा उक्लिएको छ । बेटिस २१ अंक जोडेर पाँचौं स्थानमा रहेको छ ।

शीर्ष स्थानमा रहेको रियाल सोसिडाडको २५ अंक छ । सोसिडाडले शनिबार एथ्लेटिक बिल्बाउसँग १/१ को बराबरी नतिजा निकालेको थियो।

प्रतिक्रिया दिनुहोस्