Logo

प्रधानन्यायाधीश जबराले तोके बन्दी प्रत्यक्षीकरणसम्बन्धी ६ वटा इजलास



Spread the love

१५ कात्तिक, काठमाडौँ। सोमबारका लागि सर्वोच्च अदालतमा ६ इजलासमा ६ मात्र मुद्दाको पेशी तोकिएको छ। प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले दुई एकल इजलास र चार संयुक्त इजलास तोकेका हुन्।

पेशी तोकिएका मुद्दामा सबै मुद्दा बन्दीप्रत्येक्षीकरणसँग सम्बन्धित रहेको सर्वोच्च अदालतले जनाएको छ। आन्दोलनरत न्यायाधीशहरु इजलासमा बस्न सकारात्मक देखिएपनि टुंगो भने लागेको छैन।

प्रधानन्यायाधीश जबरा र आन्दोलनरत न्यायाधीशबीच आइतबार बेलुकी छलफल भएको थियो। छलफलमा प्रधानन्यायाधीश सकारात्मक देखिएपछि न्यायाधीशहरु बन्दी प्रत्यक्षीकरणसम्बन्धी रिटमाथि सुनुवाइ गर्न सकारात्मक देखिएका हुन्।

प्रतिक्रिया दिनुहोस्