Logo

बागमती प्रदेशका मुख्यमन्त्री पाण्डेले कात्तिक २२ मा विश्वासको मत लिने



Spread the love

१५ कात्तिक, काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेले आगामी कात्तिक २२ गते विश्वासको मत लिने भएका छन्। मुख्यमन्त्री बनेको ३० दिनभित्र प्रदेश सभामा विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था अनुसार उनले प्रदेश सभामा विश्वासको मत लिन लागेका हुन्।

पाण्डेले २२ गते प्रदेशसभा बैठकबाट विश्वासको मत लिनका लागि त्यससम्बन्धी प्रस्ताव संसद् सचिवालयमा दर्ता भइसकेको प्रदेश सभा सचिवालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्