Logo

सुनचाँदीको मूल्य बढ्यो, नेपाली बजारमा कति पुग्यो ?



Spread the love

१५ कात्तिक, काठमाडौँ । साताको दोस्रो दिन नेपाली बजारमा सुनको मूल्यमा सामान्य बृद्धि भएको छ । आज सुन तोलामा एक सय रुपैयाँले बढेर ९१ हजार ८०० पुगेको नेपाल सुनचाँदी महासंघले जनाएको छ ।

हिजो आइतबार प्रतितोला ९१ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, चाँदी प्रतितोला पाँच रुपैयाँले बढेको छ । आज चाँदी प्रतितोला एक हजार २४५ रुपैयाँ पुगेको महासंघले जनाएको छ ।

आइतबार एक हजार २४० रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया दिनुहोस्