Logo

नेपाली सेना र अमेरिकी सेनाबीच एक्स–टेक नेल २२ को सुरु



Spread the love

१५ कात्तिक, काठमाडौँ । नेपाली सेना र अमेरिकी सेनाबीच संयुक्त तालिम अभ्यास एक्स–टेक नेल २२ को सुरु भएको छ । रेन्जर गणमा आज सोमवार आयोजित एक समारोहका बीच नेपाली सेना र अमेरिकी सेनाको संयुक्त तालिम अभ्यास सुरु भएको हो ।

नेपाली सेनाको खोज तथा उद्धार कार्यमा सहभागी हुने फौजहरू मध्येबाट झन्डै ५० जना तथा अमेरिकी सेनाका झन्डै २० जना सम्मिलित यो तालिम आउँदो मङ्सिर १४ गतेसम्म सञ्चालन हुनेछ ।

काठमाण्डौ, पोखरा र अन्नपूर्ण आधार शिविर क्षेत्रमा सञ्चालन हुने यस तालिममा जल उद्धार र उच्च पहाडी तथा हिमाली क्षेत्रमा खोज तथा उद्धार जस्ता विषयहरूको सैद्धान्तिक र व्यावहारिक ज्ञान दिलाउने उद्देश्य रहेको छ ।

प्रतिक्रिया दिनुहोस्