Logo

प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले दिए राजीनामा



Spread the love

१५ कात्तिक, विराटनगर । सोमबार प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले राजीनामा दिएका छन् । प्रदेशसभामा विश्वासको मत नपाउने निश्चित भएपछि उनले राजीनामा घोषणा गरेका हुन् ।

१० भदौमा मुख्यमन्त्री बनेका आचार्य २५ गते नै अल्पमतमा परेकाले संविधानअनुसार ३० दिने विश्वासको मत लिने प्रस्ताव पेश गरेका थिए ।

उनले दिएको राजीनामा स्वीकृत भएसँगै प्रदेश प्रमुखले नयाँ सरकार गठन गर्न आह्वान गर्नेछन्।

प्रतिक्रिया दिनुहोस्