Logo

देशभर थपिए ५३३ जना कोरोना सङ्क्रमित, ४९० सङ्क्रमणमुक्त



Spread the love

१५ कात्तिक, काठमाडौँ। देशभर पछिल्लो २४ घण्टामा ५ सय ३३ जनामा कोरोनाभाइरसको सङ्क्रमित थपिएका छन् । ११ हजार ६६४ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट ४४१ तथा एन्टिजेन विधिबाट ९२ जना सङ्क्रमण पुष्टि भएको हो ।

यही अवधिमा थप ४९० जना सङ्क्रमणमुक्त बनेका छन् । पछिल्लो २४ घण्टामा थप ९ जनाले सङ्क्रमणबाट ज्यान गुमाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हालसम्म मृत्यु हुनेको सङ्ख्या ११ हजार ४१६ जना पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्