Logo

टि २० विश्वकप – लगातार चौँथो जित निकाल्दै सेमिफाइनलमा इङल्यान्ड



Spread the love

एजेन्सी । इङल्यान्ड टि २० विश्वकप क्रिकेटको सेमिफाइनलमा पुगेको छ । शारजाहमा सोमबार राति भएको खेलमा श्रीलंकालाई २६ रनले पराजित गर्दै इङ्ल्यान्डले सेमिफाइनलमा स्थान पक्का गरेको हो।

एक सय ६४ रनको लक्ष्य पछ्याएको श्रीलंका १९ ओभरमा एक सय ३७ रनमा समेटिएको थियो। श्रीलंकाका लागि वाहिन्दु हसरंगाले सर्वाधिक ३४ रन बनाए।

इङ्ल्यान्डका अदिल रसिद, मोइन अली र क्रिस जोर्डनले दुईरदुई विकेट लिँदा लियाम लिभिङस्टोन र क्रिस वोक्सको नाममा एकरएक विकेट रह्यो।

यसअघि टस हारेर पहिले ब्याटिङ थालेको इङ्ल्यान्डले निर्धारित २० ओभरमा चार विकेटको नोक्सानीमा एक सय ६३ रनको योगफल बनाएको थियो। इङ्ल्यान्डका लागि जस बट्लरले अविजित शतकीय पालि खेले।

जितसँगै समूह एकमा रहेको इङ्ल्यान्डले चार खेलमा आठ अंक जोड्दै सेमिफाइनलमा स्थान बनाएको हो।

प्रतिक्रिया दिनुहोस्