Logo

सर्वोच्चमा विरोध प्रदर्शन आज पनि जारी, बन्दीप्रत्यक्षीकरणको मात्रै सुनुवाइ हुने



Spread the love

१६ कात्तिक, काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले मंगलबारका लागि पनि बन्दीप्रत्यक्षीकरण निवेदनको मात्रै पेशी तोकेका छन् । मंगलबारका लागि तोकिएको पेशी अनुसार प्रधानन्यायाधीश राणाले आफ्ना लागि इजलास गठन गरेका छैनन् ।

सोमबारदेखि सर्वोच्च अदालतमा समानधानको मध्यमार्गी बाटो भन्दै बन्दी प्रत्यक्षीकरणबाहेकका मुद्दाको सुनुवाइका लागि पेशी तोकिएको छैन ।

यस्तै, प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा विरुद्ध सर्वोच्च अदालतमा आज पनि विरोध प्रदर्शन भएको छ। नेपाल बार एशोसिएशनका अधिवक्ताहरुले आज तेस्रो दिन पनि कालो पट्टी बाँधेर जबराको राजीनामा माग गर्दै आन्दोलन गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्