Logo

तिहारमा घर जादैँ हुनुहुन्छ ? यी स्थानबाट लगाइँदैछ कोरोनाविरुद्धको खोप



Spread the love

१६ कात्तिक, काठमाडौँ । मंगलबारदेखि तिहारमा घर जाने यात्रुलाई कोरोनाविरुद्धको खोप लगाउन सुरु गरेको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले चाडपर्वमा घर जाने यात्रुलाई लक्षित गरी गोगंबु बसपार्क, कङ्लकी, बल्खु र कोटेश्वरमा मंगलबारदेखि खोपको पहिलो मात्रा दिन थालेको हो।

मंगलबार बिहानैदेखि ती ठाउँमा घर जाने यात्रुलाई खोप दिइरहेको छ। बिहान ७ बजेदेखि साँझ ७ बजे खोप प्रदान गरिने मन्त्रालयले जनाएको छ।

पहिलो मात्रा दिइसकेको ती यात्रुलाई घरबाट फर्केपछि दोस्रो मात्राको खोप प्रदान गरिने छ। खोप आज र भोलि प्रदान गरिने छ।

प्रतिक्रिया दिनुहोस्